Rumpum Advertisement

बाँचे भोलि पनि चाडपर्व मनाउन पाइन्छ, अहिले घरमै बसौं : प्रदेश प्रमुख अधिकारी

Neuro Revised Adv
Koshi Dashain ad
बाँचे भोलि पनि चाडपर्व मनाउन पाइन्छ, अहिले घरमै बसौं : प्रदेश प्रमुख अधिकारी

विराटनगर, १ कात्तिक । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले चाडपर्व मनाउँदा अत्यन्तै सजगता अपनाउन आग्रह गरेका छन् ।

नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली, छठलगायतका पर्वको अवसरमा शुभकामना दिँदै अधिकारीले चाडपर्व मनाउँदा सावधानी अपनाउन आग्रह गरेका हुन् । ‘हाम्रो सानो लापरवाहीले ठूलो जोखिम सिर्जना हुन सक्छ,’ शनिबार उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘हामी बाँचे भोलिका दिनमा चाडपर्व मनाउन र आशीर्वाद ग्रहण गर्न पाइन्छ, अहिले घरमै बसेर सञ्चारका साधन र प्रविधिको उच्चतम प्रयोग गरौं ।’

कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा चाडपर्व मनाउँदा विशेष सावधानी अपनाउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत् प्रदेश प्रमुख अधिकारीले कोरोनाको कहरबाट सबैलाई मुक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् ।

चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न, क्षेत्रक्षेत्र, जातजाति र समुदायमा भातृत्व कायम गर्न, सकरात्मक सोचसहित पारस्पारिक सहयोग, सद्भावसहित समृद्ध सुसंस्कृत समाज निर्माणमा सहयोग पुगोस् भन्ने शुभेक्षा उनले प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ