Rumpum Advertisement

एकैदिन तीन संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
एकैदिन तीन संक्रमितको मृत्यु

विराटनगर, १ कात्तिक । बाँकेमा एकै दिन कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार मृत्यु हुनेमा बाँकेका दुई जना र रुकुमका एक जना छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र एक जनाको नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा क्रममा रुकुमको चौरजहारी नगरपालिका १४ का ३३ वर्षका पुरुषको बिहान पाँच बजेतिर मृत्यु भएको थियो। नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षका पुरुषको राति ९ बजे भेरी अस्पतालमा र नेपालगन्ज १८ कारकाँदोकी १८ वर्षीया महिलाको राति ९:३० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गर्न आएका १३ जनासहित बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ४२ पुगेको छ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ