Rumpum Advertisement

संकटका बीच खुसी साट्न आयो दशैँ

Neuro Revised Adv
Koshi Dashain ad
संकटका बीच खुसी साट्न आयो दशैँ

विराटनगर, १ कात्तिक । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ ।

संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जुटेका छन् । सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दशैँ मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै आइरहेको छ ।

धर्मशास्त्रीले सुरक्षा विधि अपनाएर खुसी साट्दै चाडपर्व मनाउने तथा खुसी र उमंगसँगै मनोबल बढाउन सकिएमा कोरोनाविरुद्धको लडाइँमा सहजता आउन सक्ने बताएका छन् । यसपालिको दशैँ कोभिड–१९ विरुद्ध लड्न सक्ने आत्मबल पैदा होस् भन्ने कामनासहित पूजाआजा गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए ।

शुद्ध आश्विन दुर्गा शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै दशैँ सुरु हुनेछ । दशैँमा हुने जमघट र भेटघाटलाई प्राथमिकता नदिए पनि घरघरमा दुर्गा भवानीको पूजाआजा गर्न भने कुनै समस्या नभएको संस्कृतिविद्देखि जनस्वास्थ्यविद्सम्मले सुझाव दिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ