Rumpum Advertisement

सुरक्षित भएर किनमेलमा जाऔँ

Neuro Revised Adv
Koshi Dashain ad
सुरक्षित भएर किनमेलमा जाऔँ

विराटनगर, १ कात्तिक । सरकारले दशैँको विशेष छुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा कोरोनाको जोखिम पनि बढेकाले भीडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गरे । उनले हुल बाँधेर हिँड्ने र बजारमा भीड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तित समेत बनेको भन्दै भीडभाडमा नजान आग्रह गरे ।

प्रवक्ता गौतमले विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमित भइएला भन्ने ध्यान दिन अपिल गरे । उनले मास्क नाकमुख छोप्नेगरी लगाएर भौतिक दूरी कायम गरे मात्र कोरोनाबाट बच्न सकिने भन्दै आफूू सुरक्षित रहेर मात्र किनमेलमा निस्कन आग्रह गरे ।

संक्रमणबा बच्दा आफ्नै लागि भलो हुनेभन्दै सरकारले लापरबाही नगर्दा सबैमा आग्रह गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ