Rumpum Advertisement

सुरु भयो बडादशैँ, घटस्थापनाको साइत बिहान ११ः४६ बजे

Neuro Revised Adv
Koshi Dashain ad
सुरु भयो बडादशैँ, घटस्थापनाको साइत बिहान ११ः४६ बजे

विराटनगर, १ कात्तिक । नेपालीहरुको महान पर्व बडादशैँ आज (शनिबार)बाट सुरु भएको छ ।

हिन्दु धर्मावलम्बीले बडादशैँको पहिलो दिन घरघरमा जमरा राख्दै र पूजा कोठामा घटस्थापना गर्दै छन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी, भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाका दिन घरघरमा जमरा राखिन्छ । यही दिन राखिएको जमरा विजया दशमीमा मान्यजनले टीकासँगै लगाएर आर्शिवाद दिने चलन छ । प्रत्येक वर्ष दशैँ हर्षोल्लाससाथ सुरु गर्ने गरिएको भए पनि यस वर्ष कोरोना महामारीका कारण त्यो सम्भव भएन । सरकारले घरमै बसेर दशैँ मनाउन र बाहिरफेरो नजान सबैमा आनुरोध गरेको छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा. सुनील सिटौलाले जानकारी दिए । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि यो वर्ष कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुई हजार तीन सय ५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ