Rumpum Advertisement

एकै दिन चार लाख १० हजार संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
एकै दिन चार लाख १० हजार संक्रमित थपिए

विराटनगर, १ कात्तिक । विश्वमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । एकै दिन चार लाख १० हजार बढी संक्रमित थपिएका छन् ।

यो संख्या दैनिक थपिने संक्रमितको तुलनामा उच्च हो । पछिल्लो २४ घण्टाभित्र चार लाख १० हजार छ सय ९७ नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमित संख्या तीन करोड ९५ लाख ६२ हजार चार सय १२ पुगेको छ । कोरोनाका कारण विश्वमा ११ लाख आठ हजार पाँच सय ९७ को ज्यान गइसकेको छ ।

एकै दिन छ हजार एक सय ६५ संक्रमितको मृत्यु भयो । २४ घण्टाभित्र मृत्यु हुने संख्या पनि केही समययताको उच्च हो । संक्रमितमध्ये दुई करोड ९६ लाख ३९ हजार पाँच सय ७५ जनाको उपचार सम्भव भएको छ । ८८ लाख १४ हजार दुई सय ४० जना उपचाररत रहेकोमा ७१ हजार तीन सय ८२ को अवस्था गम्भीर छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकमा एकै दिन ६९ हजार आठ सय चार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा पनि केही दिनयता दैनिक थपिने संक्रमितको संख्या बढिरहेको छ ।

हालसम्म ८२ लाख ८६ हजार तीन सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाका कारण अमेरिकामा दुई लाख २३ हजार छ सय २५ जनाको मृत्यु भइसकेको वाल्डो मिटरले जनाएको छ । पछिल्लो २४ घण्टाभित्रमा नौ सय नौ जनाको ज्यान गयो ।

५३ लाख ८६ हजार चार सय २३ संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । २६ लाख ७६ हजार तीन सय ४७ जना उपचाररत रहेकोमा १५ हजार दुई सय ६७ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन ६५ हजार एक सय २६ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७४ लाख ३० हजार छ सय ३५ पुगेको छ । एक लाख १३ हजार ३२ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा आठ सय ८६ जनाको ज्यान गयो ।

भारतमा संक्रमितमध्ये ६५ लाख २१ हजार छ सय ३४ जना उपचारपछि निको भएका छन् । सात लाख ९५ हजार नौ सय ६९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन ३० हजार पाँच सय ७४ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५२ लाख एक हजार पाँच सय ७० पुगेको छ । एक लाख ५३ हजार दुई सय २९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र सात सय १६ जना संक्रमितको ज्यान गयो ।

संक्रमितमध्ये ४६ लाख १९ हजार पाँच सय ६० जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् । चार लाख २८ हजार सात सय ८१ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ