Rumpum Advertisement

प्रधानमन्त्रीले विराटनगरमा उद्घाटन गरेकाे बायाेग्यासकाे वितरण राेकियाे

Neuro Revised Adv
Koshi Dashain ad
प्रधानमन्त्रीले विराटनगरमा उद्घाटन गरेकाे बायाेग्यासकाे वितरण राेकियाे

विराटनगर, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काधमा सिलीन्डर बोक्ने दिन सकिए’ भन्दै विराटनगर महानगरपालिका- १४ मा उद्घाटन गरेको बायोग्यास प्लान्टबाट उत्पादित ग्यास वितरण रोकिएको छ ।

श्रीकृष्ण गौशालामा निर्मित बायाेग्यास प्लान्टकाे ५ भदौ २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । गौशाला आसपासका ३५ घरमा वितरण गरिएको बायोग्यासको वितरण एक महिनायता रोकिएको हो ।

पाईपलाइनबाट घरघरमा पुर्याइएको ग्यास स्थानीय सरकारले सडक निर्माण गर्ने क्रममा पाईप निकालिदिएपछि वितरण रोकिएको हो । गौशालाले घरघरमा ग्यास पुर्याउन विछ्याएको पाईप सडक निर्माणको क्रममा निस्किएको थियो ।

पाइप निकालिएपछि २९ भदौयता वितरण रोकिएको हो । गौशालाका प्रबन्धक सन्तोषकुमार यादवका अनुसार महानगरपालिकाले पाइप निकालिदिएका कारण वितरण अवरुद्ध भएको हो ।सडक निर्माणको काम सम्पन्न भएपछि पुनः सुचारु गर्ने तयारी भएको यादवले बताए ।

सडक निर्माणका क्रममा पाईप विग्रेर ग्यास वितरण बन्द भएपनि कहिलेबाट सुचारु हुने भन्ने विषयमा जानाकरी नपाएको स्थानीय लाखुदेवी मण्डलले बताइन् ।

कृष्ण गौं सेवा सदन आफै चन्दाको भरमा सञ्चालन भइरहेको संस्था हो । गौशालामा रहेका गाईलाई सहयोगको भरमा दानापानीको व्यवस्थापन गरिदै आएको छ ।

बायो ग्यास प्लान्ट बन्द हुँदा गौशालाको आम्दानी पनि बन्द भएको छ । गौशालाले ग्रहकलाई प्रति युनिट २५ रुपैयाँमा ग्यास विक्री गर्दै आएको छ ।

गौशालामा दुई सय ५ गाई बस्तु छन् । गौशालामा दैनिक दुई हजार केजी गोबर उत्पादन हुने गरेको छ ।

गोबरबाट उत्पादन भएको मिथेन ग्सास पाइपलाइनबाट घरघरमा वितरण गर्ने गरेको थियो । ग्यास उत्पादनका लागि दुई सय घन मिटरको प्लान्ट निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ