Rumpum Advertisement

खाल्डोमा बालकको शव भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
खाल्डोमा बालकको शव भेटियो

विराटनगर, ३० असोज । मोरङको कटहरी गाउँपालिका–५ मा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा बालकको शव भेटिएको छ ।

शुक्रबार घर नजिकै खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा विनोद सरदारका १० वर्षीय छोरा जितेश सरदारको शव फेला परेको हो ।

घरबाट निस्किएका बालक नफर्किएपछि खोजी गर्ने क्रममा आफन्त र स्थानीय बासिन्दाले दिउँसो ४ बजेतिर डुबेर मृत्यु भएको अवस्थामा भेटिएको थियो । प्रहरीले शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।