Rumpum Advertisement

बोलेरोको ठक्करबाट उर्लाबारीमा एकजनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बोलेरोको ठक्करबाट उर्लाबारीमा एकजनाको मृत्यु

विराटनगर, ३० असोज । मोरङको उर्लाबारी नगरपालिका – ४ किशान चोकस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरो जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४३१९ नम्बरको बोलेरोले सोही दिशा हुँदै टाँडीतर्फ जान खोजेको को १७ प १०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी सवार विराटनगर – ३ बस्ने ४० वर्षीय धनबहादुर अधिकारीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका अधिकारीको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते मोटरसाइकल चालक सोही ठाउँका ४३ वर्षीय कुमार गेलालको सोही हस्पिटलमा उपचार भइरहेको छ ।

ठक्कर दिने बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ