Rumpum Advertisement

साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कार प्रहरी जवानलाई

Neuro Ad
साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कार प्रहरी जवानलाई

विराटनगर, ३० असोज । साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ।

१ लाख धनराशीको पुरस्कार प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई प्रदान गरिएको हो ।

प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट एकजनालाई वार्षिक रुपमा सो पुरस्कार प्रदान गरिदै आएको छ ।

६५ औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल विराटनगरले खत्रीलाई पुरस्कृत गरेको हो ।

२०७६ सालमा तत्कालिन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहदा प्रहरी जवान खत्रीले जवरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याएकी थिइन् ।

उनलाई मुख्यमन्त्री शेरधन राईले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ