Rumpum Advertisement

सुनसरीमा कार्यरत प्रहरी निरिक्षक खनाललाई उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता पुरस्कार

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीमा कार्यरत प्रहरी निरिक्षक खनाललाई उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता पुरस्कार

विराटनगर, ३० असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्राप्त गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले ६५ औं प्रहरी दिवसका अवसरमा उनलाई उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता घोषित गर्दै पुरस्कृत गरेको हो ।

खनालले पेशागत मर्यादालाई आत्मासात् गर्दै अपराधरहित समाज निर्माणको लक्ष्यमा कुशल व्यवसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई प्रदेश १ प्रहरी कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुक्रबार पुरस्कार र कदरपत्र प्रदान गरे ।

खनालले सुनसरीमा भएका एक दर्जन बढी विभिन्न अपराधिक घटनाको अनुसन्धान टुंगोमा पुर्याएका थिए ।

खनालको नेतृत्वमा भोक्राहा नरसिंह गाउँपालिका – ५ का २२ वर्षीय गुणराज यादवको हत्याको अनुसन्धान भएको थियो । यादवको हत्या पछि शव खोलामा फालिएको थियो ।

असार ९ गते रसिदा खातुनको शंकास्पद मृत्युलाई ढाकछोप गर्न शव गाडेको घटनामा खनालको नेतृत्वमा अनुसन्धान भएकाे थियाे । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका उनका श्रीमान पूर्पक्षका लागि थुनामा छन् ।

भदौं ३ गते देवानगञ्ज गाउँपालिका – की २३ की रिङकीकुमारी मेहताको अपहरण गरी जवरजस्ती करणी तथा कुटपिट गरी झुण्डीयार हत्या गरेको उजुरी परेपछि घटनाको अनुसन्धान पनि खनालकै नेतृत्वमा भएको थियो । सो घटनामा देवानगञ्ज गाउँपालिका – ४ बस्ने २७ वर्षीय रमेश भन्ने रमेश कुमार मेहता, ३१ वर्षीय उमेशकुमार मेहतालाई कारवाहीको दाहेरामा ल्याएको थियो ।

त्यस्तै लागूऔषधको कारोबार एवं ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने, दुर्घटनाको अनुसन्धान गर्ने, अदालतले दोषी ठहर गरे पनि फरार रहेका प्रतिवादी पक्राउ गर्ने, जबरजस्ती करणी घटनालगायत घटनाको सफल अनुसन्धान भएको थियो ।

खनालसँगै देशभरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट व्यवस्थापकीय तर्फ उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक राकेश कुमार पोदार, तर्फ जोखिमपुर्ण कार्य गर्ने प्रहरी चौकी मानेभञ्ज्याङमा कार्यरत प्रहरी जवान सुधा चौधरी पुरस्कृत भएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ