Rumpum Advertisement

मोरङका डीएसपी गिरी र इन्सपेक्टर पोद्दार वर्षकै उत्कृष्ट

Neuro Revised Adv
Koshi Dashain ad
मोरङका डीएसपी गिरी र इन्सपेक्टर पोद्दार वर्षकै उत्कृष्ट

विराटनगर, ३० असोज । मोरङमा कार्यरत दुई प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले वर्षकै उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) राकेशकुमार पोद्दार र मोरङको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलिप गिरी उत्कृष्ट घोषित भएका हुन् ।

पोद्दारलाई ट्राफिक व्यवस्थापन र गिरीलाई व्यवस्थापकतर्फ उत्कृष्ट घोषित गर्दै ६५ औं प्रहरी दिवसका अवसरमा शुक्रबार पुरस्कृत गरिएको हो ।

दुबैजनालाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा आयोजित समारोहमा प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार प्रदान गरे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ