Rumpum Advertisement

काठमाडौंमा १७ सय ८४ सहित उपत्यकामा २४ सय २ संक्रमित थपिए

Neuro Ad
काठमाडौंमा १७ सय ८४ सहित उपत्यकामा २४ सय २ संक्रमित थपिए

काठमाडौं, ३० असोज । काठमाडौं उपत्यकामा शुक्रबार थप २४ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४ सय २ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १७ सय ८४ जना, भक्तपुरका २४४ जना र ललितपुरका ३७४ जना रहेका छन् ।

शुक्रबार थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ५३१ जनाको परीक्षणमा थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

शुक्रबार थप ३५ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ । कूल संक्रमितमध्ये ६९.८ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थप २१ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ७१५ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ