Rumpum Advertisement

कोभिड-१९ बारे भ्रम फैलाउने भिडियो हटाउँदै युट्युब

Neuro Revised Adv
Koshi Dashain ad
कोभिड-१९ बारे भ्रम फैलाउने भिडियो हटाउँदै युट्युब

विराटनगर, ३० असोज । युट्युबले कोभिड-१९ खोपको विषयमा अफवाह फैलाउने खालको भिडियो हटाउने भएको छ ।

युट्युबले कोभिड-१९ को बारे आइरहेको गलत सूचनाको समाधान गर्न खोपको विषयमा सार्वजनिक भएका भ्रामक दावीहरू हटाउने भएको हो ।

युट्युबका अनुसार स्थानीय सरकार र विश्व स्वास्थ्य संगठनको मान्यताविपरीत बनेका कोभिड-१९ को खोपसँग सम्बन्धित भिडियोमाथि प्रतिबन्ध लगाइने छ ।

युट्युबका प्रवक्ता फर्शाद शाड्लुका अनुसार कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने औषधि वा खोप भन्दै अफवाह फैलाउने भिडियो युट्युबमा प्रयोग भएका छन् । उनले भनेका छन्, ‘त्यस्ता भिडियोविरुद्ध उजुरीसमेत आइरहेकाले भिडियो हटाउने निर्णय गरिएको हो । स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम फैलाउने भिडियोले खतरा उत्पन्न गर्न सक्छ ।’

भ्रम फलाउने खालका भिडियो नै सबैभन्दा बढी हेरिने गरिन्छ । खोप विकास हुनेक्रम नजिकिएसँगै त्यस्ता भ्रम फैलाउने भिडियोलाई हटाउने नीति कम्पनीले तय गरेको उल्लेख गरिएको छ ।

युट्यूबले पहिले नै फेब्रुअरीदेखि भाइरसको बारेमा फैलिएका २ लाख खतरनाक वा भ्रामक भिडियो हटाइसकेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ