Rumpum Advertisement

पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज

Neuro Revised Adv
Koshi Dashain ad
पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज

काठमाडौं, ३० असोज । स्वास्थ्य अवस्था बिग्रिएपछि असप्ताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल डिस्चार्ज भएका छन् ।

खनालले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्था सामान्य भएपछि आफू धुम्बाराहीस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।

एक्कासि रक्तचाप बढेपछि उनलाई बुधबार साँझ उनी अस्पताल भर्ना भएका थिए । तीन दिनको अस्पताल बसेर उनी डिस्चार्ज भएका हुन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘२०७७ असोज २८ गते म रक्तचाप बढ्न गई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएको थिएँ । अस्पतालका डाक्टरहरूको निरन्तरको राम्रो उपचारपछि अहिले मेरो स्वास्थ्य सामान्य अवस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु ।’