Rumpum Advertisement

कुखुरा चोर्न खोजेको भन्दै कुटपिट, एक युवकको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
कुखुरा चोर्न खोजेको भन्दै कुटपिट, एक युवकको ज्यान गयो

दाङ, ३० असोज । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको भन्दै कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टका अनुसार बिहीबार राति छिमेकी २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको उनको मृत्यु भएको हो ।

घर्ती परिवारले चोरको आरोप लगाएपछि उनको घरमा आएका चौधरीलाई बाबु–छोरा मिलेर हात र लठ्ठीले कुटपिट गरेका थिए । रक्ताम्य हुँदै घर गएका चौधरीको अत्यधिक रक्तश्रावाका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न बाबुछोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ