Rumpum Advertisement

मन्त्री भुषाल भन्छन् : भगवान शिव आएपनि पाँच लाख मेट्रिक टन मल ल्याउन सक्दैनन्

Neuro Revised Adv
Koshi Dashain ad
मन्त्री भुषाल भन्छन् : भगवान शिव आएपनि पाँच लाख मेट्रिक टन मल ल्याउन सक्दैनन्

काठमाडाैं, ३० असाेज । कृषि तथा पशुपन्छि विकास मन्त्री घनश्याम भुषालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार ४०औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुषालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिक टन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताए ।

तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन भगवान शिव वा ब्रम्हाजी आएपनि नसक्ने टिप्पणी उनकाे छ ।

कोलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने उनले बताए ।

‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भनेपनि सक्दैनन् । कोलकत्ताकै पोष्टबाट आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन दिनदिनै एउटा ट्रेन कोलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताएका छन् ।

अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए ।

कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताए ।

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए ।

तर त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरे ।

किसानलाई बैंकको ब्याजदरमा अनुदान दिनेबाहेक केही गर्न नसकेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ