Rumpum Advertisement

बजारमा चहलपहल, तर व्यापार शून्य

Neuro Revised Adv
Koshi Dashain ad
बजारमा चहलपहल, तर व्यापार शून्य

काठमाडाैं, ३० असाेज । दसैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरूले बताएका छन् ।

काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोललगायतको क्षेत्रमा दसैं नजिकिएसँगै किनमेल गर्नेहरूको चहलपहल बढेको देखिन्छ ।

कोभिड १९ संक्रमणको जोखिम भएपनि मानिसहरू आवस्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् । जसका कारण मुख्यु मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ ।

बजारमा मानिसहरूको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीहरूले बताएका छन् । न्यूरोड मखनटोलस्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरू पलायन हुने स्थितिमा पुगेको बताए ।

कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदासमेत सरकारबाट कुनै राहत नपाएको गुनासोसमेत उनले गरे ।

अहिले व्यवसाय खुल्ला भएपनि तीन-चार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उनले बताए ।दसैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताए ।

कोभिड संक्रमणको जोखिमका कारण भीडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ ।

यस्तो समयमा अत्यावश्यकबाहेकका सामग्री खरिद गर्न मानिसहरू बजार गएको पनि देखिँदैन ।

त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहनालगायतको व्यापार कम भएको व्यापारीहरूको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ