Rumpum Advertisement

कोलकत्ताले कार्तिकलाई कप्तानबाट हटायो

Neuro Revised Adv
Koshi Dashain ad
कोलकत्ताले कार्तिकलाई कप्तानबाट हटायो

काठमाडौं, ३० असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम कोलकत्ता नाइट राइडर्सले कप्तान दिनेश कार्तिकलाई कप्तानी पदबाट हटाएको छ ।

कोलकत्ताले शुक्रबार दिउँसाे कप्तान कार्तिकले टिमको कप्तानी छोडेको जनाएको छ । कार्तिक नेतृत्वको कोलकत्ताकाे नतिजा राम्रो नभएको भन्दै उनलाई कप्तानको जिम्मेवारीबाट हटाइएको बताइएकाे छ ।

यद्दपि, विकेट किपर ब्याट्सम्यान दिनेशले आफूलाई ब्याटिङमा केन्द्रित गर्न कप्तानी छाडेको बताएका छन् ।

अब कोलकत्ताको कप्तानी इंग्ल्यान्डका कप्तानसमेत रहेका इयान मोर्गनले सम्हाल्नेछन् । माेर्गनलाई गत डिसेम्बरमा भएको अक्सनबाट कोलकत्ताले ५.२५ करोड भारुमा अनुबन्ध गरेको थियो ।

शुक्रबार बेलुका ७ः४५ बजे कोलकत्ताले साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल शेख जायद रंगशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ