Rumpum Advertisement

सशस्त्र प्रहरी जवानको कोरोना संक्रमणका कारण मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
सशस्त्र प्रहरी जवानको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, ३० असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाग्लुङका २५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो ।

ढोरपाटन नगरपालिका–२ का ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार ती पुरुष सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए । सुरक्षाकर्मीको मृत्यु भएको प्रदेशमा यो पहिलो घटना हो ।

योसँगै गण्डकीमा मृतक संख्या ४८ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९–९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ