Rumpum Advertisement

आमाको काजकीरिया गर्दै छोरी

Neuro Revised Adv
Koshi Dashain ad
आमाको काजकीरिया गर्दै छोरी

विराटनगर, ३० असोज । सामान्यतया आफन्तकाे मृत्युसंस्कारमा पुरुष मात्र बस्ने परम्परा छ । तर विराटनगरमा एक महिला आमाको मृत्युसंस्कारमा बसेकी छन् ।

विराटनगर महानगरपालिका– ६ की विना आचार्य आमाको मृत्युपछि काजकीरियामा बसेकी हुन् ।

७१ वर्षीय आमाको निधनपछि उनी आफैँ काजकिरीयामा बसेकी हुन् । विना माइली छोरी हुन् । उनका एक दिदी र एक बहिनी छन् ।

१९ वर्षअघि बुबाको मृत्युपछि उनी आमाको स्याहार गर्ने भन्दै विवाह नगरी बसेकी थिइन् । मृत्यु संस्कारमा उनका दिदी र बहिनी पनि बसेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ