Rumpum Advertisement

विराटनगरमा डेढ करोडको चामल बाँडियो, महामारीको पहिलो तीन महिनामा ३ करोड खर्च

राहत प्याकिङमा ७ लाख खर्च, असारयताको खर्च सार्वजनिक भएन

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा डेढ करोडको चामल बाँडियो, महामारीको पहिलो तीन महिनामा ३ करोड खर्चराहत प्याकिङमा ७ लाख खर्च, असारयताको खर्च सार्वजनिक भएन

मोहन ढकाल

विराटनगर, ३० असोज । कोरोना भाइरस नियन्त्रण तथा राहतमा विराटनगर महानगरपालिकाले पहिलो तीन महिनामा तीन करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ ।

चैतदेखि जेठसम्म महानगरपालिकाले ३ करोड ३३ लाख रुपैयाँ खर्च गरेको हो । असारयताको खर्च भने सार्वजनिक भएको छैन । लकडाउन सुरु भएदेखि जेठ मसान्तसम्मको खर्च विवरण देखाए पनि महानगरले असारदेखिको खर्च विवरण गुपचुप राखेको हो ।

महानगरको तथ्यांकअनुसार चैत १ गतेदेखि राहत र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।

असारमा ५२ लाख ७ हजार हाराहारी खर्च भएको महानगरका प्रवक्ता राजेन्द्र प्रधानले बताए । जिन्सी शाखा प्रमुख कोरोना संक्रमित भएकोले विवरण सार्वजनिक गर्न समस्या भएको बताए ।

एक करोड ५१ लाखको चामल

कोरोना नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनमा महानगरपालिकाले २७ हजार परिवारलाई राहत वितरण गरेको थियो ।

राहत वितरणका लागि विराटनगर महानगरपालिकाले १ करोड ५१ लाख ८ हजार रुपैयाँको चामल खरिद गरेको थियो । खरिद र अनुदानसहित २७ लाख २ हजार २ सय १ किलो चामल वितरण गरेको महानगरले जनाएको छ ।

महानगरले ५ लाख १७ हजार ५ सयको बराबरको मुसुरी दाल १४ हजार ७ सय ७५ किलो र रहर दाल २५ हजार ५ किलो खरिद गरेको थियो । १९ लाख ६८ हजार ७ सय ५४ रुपैयाँको २५ हजार ६० लिटर खानेतेल खरिद गरी वितरण गरेको थियो ।

महानगरले ४ लाख ६२ हजार ५ सय मूल्य बराबरको २५ हजार २ सय ७० किलो नुन, १५ लाख ५६ हजार ८ सय मूल्य बराबरको ४८ हजार ६ सय ५० किलो आलु, २५ हजार १ सय ५६ किलो साबुन खरिद गरी वितरण गरेको थियो ।

महानगरले विराटनगरका २७ हजार परिवारलाई राहत वितरण गरेको थियो । महानगरले वितरण गर्ने राहत लोडिङ र सामाग्री प्याकिङमा मात्रै ७ लाख ३५ हजार खर्च भएको तथ्यांक छ ।

कुन शीर्षकमा कति खर्च ?

कोरोना नियन्त्रणमा खटिँदा ८१ हजार ९ सय २८ रुपैयाँको पानी, पम्प्लेटको लागि ९१ हजार ७ सय ५६, माइकिङमा ९९ हजार, क्वारेन्टाइनमा खाना खर्च ९ लाख ७८ हजार २ सय ९७ रुपैयाँ खर्च भएको महानगरले जनाएको छ ।

१ लाख ८२ हजार ७ सय ५० सवारी व्यवस्थापन, ५ लाख ६६ हजारको मालाथिन खरिद गरिएको तथ्यांकमा उल्लेख छ । ३ लाख ४१ हजार ९ सय ३ रुपैयाँको मास्क र ग्लोब्स खरिदमा खर्च भएको महानगरले जनाएको छ ।

सेनिटाइजर र औषधिमा १७ लाख ७० हजार, कपडा ४७ हजार, जमसुट १ लाख ७४ हजार, पीपीई ३ लाख ६५ हजार रुपैयामा खरिद गरेको महानगरको तथ्यांकक छ ।

महानगरले ४ लाख ५२ हजार हस्पिटलको बेड खर्च, १ लाख ४ हजार ल्याब कर्मचारी खर्च, सवारी साधन पार्टेशनमा ३२ हजार ५ सय, गमबुटमा ८९ हजार ९ सय रुपैयाँ खर्च भएको देखिन्छ ।

महानगरले १३ हजार ३ सय रुपैयाँको टिस्युपेपर खरिद गरेको छ । ‘प्रहरी मेरो साथी’ खाजा खर्च ५० हजार भएको महानगरले जनाएको छ । कोशी अस्पताललाई १० लाख सहयोग गरेको महानगरले ७ लाख ३ हजार रुपैयाँ ईन्धनमा खर्च गरेको छ ।

३७ लाख प्रोत्साहन खर्च वितरण गरेको महानगरले वडा कार्यालयमार्फत कोभिड नियन्त्रणका लागि १९ लाख गरेर चैतदेखि जेठसम्म ३ करोड ३३ लाख २ हजार १९४ रुपैयाँ खर्च भएको प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ