Rumpum Advertisement

न्यूरोमा विराटनगरका संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
न्यूरोमा विराटनगरका संक्रमितको मृत्यु

विराटनगर, ३० असोज । विराटनगरको न्यूरो अस्पतालले सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको हो ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भएको हो ।

स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो ।

२३ असोजयता उनको न्यूरोकै कोभिड अस्पतालमा उपचार भइरहेको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराउँदा पनि उपचार सफल नभएको बताए ।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ