Rumpum Advertisement

मुम्बई भर्सेस कोलकत्ता : प्लेयर्स टू वाच

Neuro Revised Adv
Koshi Dashain ad
मुम्बई भर्सेस कोलकत्ता : प्लेयर्स टू वाच

विराटनगर, ३० असोज । यूएईमा जारी आईपीएलको ३२औं खेलअन्तर्गत शेख जायद रंगशालामा आज बेलुकी ७ः४५ बजे मुम्बई इन्डियन्स र कोलकता नाइट राइर्डस भिड्दैछन् ।

जारी आईपीएलमा दोस्रो पटक एकअर्काविरुद्ध मैदान उत्रन लागेका यी दुवै टोली महत्वपूर्ण दुई अंक आफ्नो खातामा जोड्ने दाउमा हुनेछन् । पहिलो भेटमा मुम्बईसँग पराजित भएकाले पनि कोलकता केही दबाबमा हुनेछ ।

तर दोस्रो राउण्ड रोबिनको आ–आफ्नो पहिलो खेल खेल्न लागेका यी दुवै टोली जितको खोजीमा हुनेछन् ।

शेख जायदमा नै आईपीएलको पाँचौ खेलमा भेट हुँदा मुम्बईका कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले क्रिजमा टिकेर ब्याटिङ गरेपछि कोलकताले एक सय ९६ रनको विशाल लक्ष्य पाएको थियो ।

कोलकताका शिवम मावीले दुई, सुनिल नारान र आन्द्रे रसेलले एक–एक विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

जवाफी ब्याटिङका लागि आएको कोलकता मुम्बईका बलरसामु खुलेर खेल्न नसक्दा दुई अंक सुम्पिन बाध्य बन्यो । कोलकताका लागि कप्तान दिनेश कात्र्तिकले ३०, नितेश रैनाले २४, इयोन मोर्गनले १६, आन्द्रे रसेलले ११ र प्याट कुमिन्सले ३३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्नै सकेनन् ।

कोलकताको ब्याटिङ धराशायी बनाउन मुम्बईका बोल्ट, प्याटिन्सन, बुमराह र चाहरले समान दुई र पोलार्डले एक विकेट लिएका थिए । एक सय ९५ रनको विशाल योगफल पछ्याएको कोलकताले पूरै २० ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय ४६ रन मात्रै बनाएपछि मुम्बईले खेल ४९ रनले जितेको थियो ।

निकै अनुभवी कप्तान रोहित शर्माले नेतृत्व गरिरहेको मुम्बई र दिनेश कात्र्तिकले सम्हालिरहेको कोलकतामा अनुभवी र प्रतिभावान खेलाडीको कुनै कमी छैन । आजको खेलमा प्रत्यक्ष प्रभाव पार्नसक्ने चार खेलाडीलाई हामीले प्लेयर्स टू वाचका रूपमा यहाँ प्रस्तुत गरेका छौंः

सूर्यकुमार यादव, ब्याट्सम्यान, मुम्बई इन्डियन्स

दायाँहाते ब्याट्सम्यान सूर्यकुमार यादव जारी आईपीएलमा मुम्बईका सर्वाधिक रन बनाउने खेलाडी हुन् । मुम्बईले खेलेका सातै खेलमा ब्याटिङ गरेका उनले दुई सय ३३ रन बनाएर आईपीएल खेलिरहेका छन् । कोलकताको टोलीबाट बिदा हुँदै २०१८ को आईपीएल सिजनबाट पुनः मुम्बई फर्किएका यादवले सो सिजन पाँच सय १२ रन बनाएका थिए ।

अघिल्लो सिजन मुम्बईबाट १६ खेल खेल्दै चार सय ४२ रन बनाएका यिनको ब्याटिङको क्षमता हामीले जारी आईपीएलमा देखिसकेका छौं । बैंग्लोरसँग शून्य रनमा पेभिलियन फर्किनुबाहेक उनले आफूले खेलेका हरेक खेलमा दोहोरो अंकका रन बनाएका छन् । कोलकताविरुद्धको पहिलो भेटमा ४७ रन बनाएका यादव पछिल्ला दुई खेलबाट अझै फर्ममा देखिएका छन् ।

जारी प्रतियोगितमा दुई अर्धशतक बनाईसकेका उनले राजस्थान र दिल्लीविरुद्धको आफ्ना पछिल्ला दुई खेलमा दुई अर्धशतक बनाएका हुन् । त्यसैले पनि उनी आजको प्लेयर्स टू वाच हुन् ।

ट्रेन्ट बोल्ट, बलर, मुम्बई इन्डियन्स

मुम्बईका लागि जारी सिजन सर्वाधिक विकेट लिने खेलाडी हुन्, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह । उत्कृष्ट बलिङ गरिरहेका यी दुईको ट्युनिङ गज्जबको छ । मुम्बईबाट सात खेल खेलिसकेका बोल्टले ११ विकेट लिइसकेका छन् । जारी आईपीएलमा मेडन ओभर बलिङ गर्न सफल सातमध्ये बोल्ट पनि एक हुन् । मुम्बईका लागि आईपीएल २०२० मा मेडन ओभर बलिङ गर्ने उनी मात्रै हुन् ।

कोलकताविरुद्ध चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ३० रन खर्चेर दुई विकेट लिएका थिए । सात इनिङ्स खेल्दै २७.२ ओभर बलिङ गरिसकेका बोल्टले ७० वटा डट बल बलिङ गरेका छन् । जारी प्रतियोगितामा सर्वाधिक डट बल बलिङ गर्ने उनी नवौं स्थानका खेलाडी हुन् । आफूले खेलेका सबै खेलमा विकेट लिन सफल भएका बोल्टले आज पनि आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्छन् भन्नेमा कुनै द्वविधा छैन ।

शुभमन गिल, ब्याट्सम्यान, कोलकता नाइट राइडर्स

भारतको यू१९ टोलीले सन् २०१८मा सम्पन्न यू१९ विश्वकप जित्दाका महत्वपूर्ण खेलाडी हुन् शुभमन गिल । उनको सोही आक्रामक ब्याटिङ देखेर नै कोलकताले उनलाई सोही सिजन टोलीमा अनुबन्धित गरेको थियो । यो सिजन कोलकताबाट तेस्रो आईपीएल खेलिरहेका उनी जारी आईपीएलमा कोलकताका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

सात खेल खेलिसकेको गिलले दुई अर्धशतकसहित दुई सय ५४ रन बनाएर खेलिरहेका छन् । आईपीएल २०२०मा सर्वाधिक रन बनाउने दसौं खेलाडी गिलको मुम्बईविरुद्धको प्रदर्शन भने सन्तोषजनक छैन । मुम्बईसँगको खेलमा सात रनमा नै पेभिलियन फर्किएको गिलले आज कस्तो प्रदर्शन गर्ने हुन् त्यो हेर्न बाँकी नै छ ।

तर कोलकताको ओपनिङ सम्हालिरहेका यिनले आफ्नो आक्रामक ब्याटिङ प्रस्तुत गर्ने हो भने कोलकताले आजको खेलमा बाजी नर्माला भन्न सकिन्न ।

शिवम मावी, बलर, कोलकता नाइट राइडर्स

पछिल्ला दुई खेलमा प्लेइङ एलेभेनमा पर्न असफल रहे पनि कोलकताका पेशर शिवम मावी आजको खेलबाट टोलीमा फर्कन सक्छन् । जारी आईपीएलका पाँच खेलमा पाँच विकेट लिइसकेका मावी कोलकताका बलिङ लाइनअप एक मात्र मेडन ओभर बलिङ गर्ने खेलाडी हुन् ।

मुम्बईविरुद्धको खेलमा उनको प्रदर्शन तारिफयोग्य थियो । पूरौ चार ओभर बलिङ गर्ने जिम्मेवारी पाएका मावीले एक मेडन राख्दै ३२ रन खर्चेर मुम्बईका कप्तान रोहित शर्मा र क्विटन डी कको विकटेल लिएका थिए ।

कोलकताका ओपनिङ ब्याट्सम्यान शुभमनसँगै यू–१९ टोलीमा रहेका उनले पनि २०१८ आईपीएलबाट नै डेब्यू गरेका हुन् । डेब्यू सिजन पाँच खेल खेल्दै नौ विकेट लिएका मावीले २०१९को आईपीएल भने चोटका कारणले खेल्न पाएनन् ।

तर जारी सिजन फर्ममा देखिएका मावीले आजको खेलमा मौका पाउने हो भने मुम्बईको ब्याटिङलाई केही हदसम्म समस्यामा पार्ने पक्का छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ