Rumpum Advertisement

पाँचौं जितको खोजीमा पीएसजी

Neuro Revised Adv
Koshi Dashain ad
पाँचौं जितको खोजीमा पीएसजी

विराटनगर, ३० असोज । फ्रेन्च लिग वानमा आज साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्नो सातौं खेल खेल्दैछ । आज राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा पीएसजीले निम्ससँग खेल्न लागेको हो ।

निम्सको मैदानमा हुने यस खेलमा पीएसजी पाँचौं जितको खोजीमा छ । पीएसजीले छ खेलमध्ये चारमा जित र दुईमा हार ब्यहोरेको छ । ऊ १२ अंकका साथ चौथो स्थानमा छ । यता, निम्स भने ८ अंकका साथ १३औं स्थानमा छ ।

पीएसजी र निम्सबाहेक आज डिजोन र रेन्नेसले पनि खेल्दैछन् । यो खेल राति १०ः४५ बजे डिजोनको मैदानमा हुनेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ