Rumpum Advertisement

तेक्वान्दोमा विनोदको विश्व कीर्तिमान

Neuro Revised Adv
Koshi Dashain ad
तेक्वान्दोमा विनोदको विश्व कीर्तिमान

कैलाली, ३० असोज । विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएका छन् ।

सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा एक घण्टामा एक खुट्टाले दुई हजार ७५० पटक किक हानेर थापाले नयाँ रेकर्ड बनाएका हुन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् ।

गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाए । अब उनँले आगामी ४ कात्तिकमा ‘मोष्ट मार्सल आर्टस किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स’ विधाको रेकर्ड बनाउने तयारी गरेका छन् ।

यो समय पनि गिनिज बुक अफ ओरल्ड रिकर्डले तोकेको मापदण्डअनुसार नै गरिने उल्लेख गरिएको छ । हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ ।

कातोको नाममा एक घण्टामा तीन हजार ६३२ पटक किक हानेर विश्व रेकर्ड कायम भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ