Rumpum Advertisement

विराटनगरमा सडकमा बस्दै आएका १२ जनाको उद्दार

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा सडकमा बस्दै आएका १२ जनाको उद्दार

विराटनगर, ३० असोज । विराटनगरका सडकमा बसोबास गर्दै आएका १२ जनालाई विराटनगर महानगरपालिकाले उद्दार गरेको छ । सडकमा कष्टकर जीवनयापन गर्दै आएका १२ जनालाई उद्दार गरिएको हो ।

बिहीबार विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर-९ स्थित गुद्री आसपास क्षेत्रमा बस्दै आएका १२ जनाको उद्दार गरी १० जनालाई मानव सेवा आश्रमको जिम्मा लगाएका छन् । दुई जनालाई सुधार गृहमा लगिएको छ ।

विराटनरका सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकाहरूको उद्दार गरिएको मेयर पराजुलीले बताए । यसअघि विराटनगर महानगरले २० जनाको उद्दार गरेको थियो ।

लागूऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाहरूको पहिचानसहित बस्ने स्थानको समेत छनोट गरिएको छ ।

लागूऔषध दुर्व्यसनीमा फसेर सडकमै आएकालाई सुधार गृहमा लगिएको छ । बुधबार उद्दार गरिएका २ जनालाई विराटनगर ३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।

महानगरले बेसहारा मानिसहरूको व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ