Rumpum Advertisement

कोरोनाको उपचारमा रेम्डेसिभिर प्रभावकारी देखिएन

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाको उपचारमा रेम्डेसिभिर प्रभावकारी देखिएन

विराटनगर, ३० असोज । कोरोना भाइरसको उपचारका लागि प्रयोग हुदै आएको रेम्डेसिभिर प्रभावकारी नभएको पाइएको छ ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार रेम्डेसिभिरको प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा रेम्डेसिभिर प्रयोग गरिएका बिरामीको स्वास्थ्यमा खासै कुनै सुधार नदेखिएको पाइएको हो ।

उक्त परीक्षणमा अस्पतालमा भर्ना भएका ११ हजार बिरामीमा रेम्डेसिभिर र अन्य तीन औषधिको प्रयोग गरिएको थियो ।

ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना, भेन्टिलेटर आवश्यक पर्ने नपर्ने तथा अस्पतालमा बस्नुपर्ने समयमा खासै प्रभाव पारेको देखिएन ।

तर, रेम्डेसिभिरको निर्माता कम्पनी गिलियड साइन्सेसले उक्त परीक्षण नमिलेको भन्दै प्रतिक्रिया जनाएको छ ।

अमेरिकी अध्ययनले इबोलाको उपचारको लागि विकास गरिएको रेम्डेसिभिरले कोरोना भाइरसको संक्रमणबाट निको पार्ने क्षमता भएको बताएपछि विश्वभरि कोभिडको उपचारमा रेम्डेसिभिरको प्रयोग हुँदै आएको छ ।

रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा भाइरसको संक्रमण भएपछि विकसित लक्षण हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ