Rumpum Advertisement

पाँचौं जितको खोजीमा कोलकत्ता, मुम्बईको लक्ष्य शीर्ष स्थान

Neuro Revised Adv
Koshi Dashain ad
पाँचौं जितको खोजीमा कोलकत्ता, मुम्बईको लक्ष्य शीर्ष स्थान

विराटनगर, ३० असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । शेख जायद रंगशालामा आज बेलुकी ७ः४५ बजे हुने सो खेलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा रहेको मुम्बईले आठौं खेलमा पाँचौ जित दर्ता गर्ने लक्ष्य बोकेको कोलकताको सामना गर्नेछ ।

पहिलो स्थानको दिल्लीभन्दा दुई अंकले पछि रहेको मुम्बईले एक खेल कम खेलेको छ । त्यसैले आजको खेलमा उसले जित निकाल्ने हो भने पुनः शीर्ष स्थानमा आफ्नो कब्जा जमाउनेछ । यता, चौथो स्थानमा रहेको कोलकतासँग पनि आजको खेल जित्दै तेस्रो स्थानमा उक्लने अवसर छ ।

आफूभन्दा एक खेल बढी खेलेको बैंग्लोरसँग दुई अंक बढी भएपनि आजको खेलमा कोलकताले जित निकाल्दै एक स्थान सुधार गर्ने मौका जिवितै छ ।

जारी आईपीएलको ३२औं खेलमा भिड्न लागेका यी दुई बीचको प्रतियोगितामा दोस्रो भेट हो । आईपीएलको पाँचौ खेलअन्तर्गत शेख जायद रंगशालामा नै यी दुईबीच पहिलो खेल भएको थियो ।

पहिलो खेलमा मुम्बईसँग ४९ रनले स्तब्ध बनेको कोलकतासँग आज बदला लिने अवसर छ । तर महत्वपूर्ण दुई अंकका मुम्बईसँग खोस्न भने उसलाई त्यति सजिलो हुने छैन ।

निकै फर्ममा देखिएको मुम्बईले आफ्ना सुरुआती सातमध्ये दुई खेलमा मात्रै पराजय भोगेको छ । पहिलो खेलमा चेन्नई र तेस्रो खेलमा बैंग्लोरसँग सुपर ओभरमा पराजित हुनुबाहेक मुम्बईले कोकलता, पञ्जाब, हैदराबाद, राजस्थान र दिल्लीलाई हराएको छ ।

यता, कोलकताले भने पहिलो राउण्ड रोबिनका सातमध्ये तीन खेलमा हार भोगको छ । हैदराबाद, राजस्थान, चेन्नई र पञ्जाबविरुद्धको खेलमा सफल भएको कोलकता मुम्बई, दिल्ली र बैंग्लोरसँग पराजित भएको थियो ।

हे–टु–हेड

कोलकता र मुम्बईले आईपीएलमा हालसम्म २६ खेल खेलिसकेका छन् । यी दुईबीच खेलिएका खेलका नतिजा हेर्ने हो भने कोलकता मुम्बईसामु निरीह बनेको देखिन्छ । खेलेका २६ मध्ये २० खेल मुम्बईलाई सुम्पिएको कोलकताले ६ खेलका नतिजा मात्रै आफ्नो पक्षमा पार्न सफल भएको छ ।

सन् २०१७, १८ र १९ मा यी दुई टोलीले एकअर्काविरुद्ध खेलेका सात खेलको नतिजाले पनि मुम्बईलाई बलियो देखाउँछ । पछिल्ला सातमध्ये ६ खेल आफ्नो पक्षमा मुम्बईले पार्दा कोलकता भने एक खेलमा मात्रै सफल भएको छ ।

२०१९ आईपीएलको पहिलो भेटमा मुम्बईलाई ३४ रनले हराउनुबाहेक अन्य खेलमा कोलकताले जित निकाल्न सकेको छैन ।

शेख जायदमा यी दुई टोलीको प्रदर्शन

जारी आईपीएलमा एकअर्काविरुद्ध एक खेल खेलिसकेका यी दुवै टोली आज दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । पहिलो भेटमा मुम्बईसँग स्तब्ध भइसकेको कोलकता आज त्यसको बदला लिने लक्ष्यसहित मैदान उत्रँदैछ ।

मुम्बईभन्दा एक खेल बढी खेलेको कोलकताले हालसम्म यस रंगशालामा सात खेल खेलिसकेको छ । सातमध्ये चारमा जित दर्ता गराएको कोलकताले तीन खेलमा भने हार भोगको छ ।

यता कोलकताको आजको प्रतिद्वन्द्वी मुम्बईले पनि शेख जायदमा समान चार जित नै आत्मसाथ गरेको छ । तर कोलकताभन्दा एक खेल कम खेलेको मुम्बईले दुई खेलमा मात्रै हार भोगको छ ।

जारी आईपीएलको पहिलो खेल चेन्नईसँग यसै रंगशालामा खेलेको मुम्बईले पाँच विकेटको हार भोग्नुअघि शेख जायदमा पहिलो पटक कोलकतासँगको २०१४ आईपीएल पहिलो खेलमा नै ४१ रनको पराजय भोगको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ