Rumpum Advertisement

बाबुरामलाई प्रधानमन्त्रीको जवाफ : जनतालाई गलत सूचना दिएर भड्काउने काम नगर्नुस्

Neuro Revised Adv
Koshi Dashain ad
बाबुरामलाई प्रधानमन्त्रीको जवाफ : जनतालाई गलत सूचना दिएर भड्काउने काम नगर्नुस्

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । बूढीगण्डकी आयोजनाबारे बाबुरामले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै ओलीले यस्तो गैर जिम्मेवार नबन्न भन्दै जवाफ फर्काए ।

बाबुरामले जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालसमेतको संलग्नता रहेको बताएका थिए । केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।

सोको जवाफ फर्काउँदै ओलीले पूर्वप्रधानमन्त्री भट्टराईले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए ।

शुक्रबार नेपाल प्रहरीको ६५औँ प्रहरी दिवस कार्यक्रममा बोल्दै भने, ‘कसैले नलिएको, कार्य आरम्भ नभएको, हुन्छ हुँदैन, कसले गर्छ भन्ने टुङ्गो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री जस्तो मान्छेले यति अर्ब बाँडेर खाएर भनेर गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु ।’

ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्वप्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ