Rumpum Advertisement

रोनाल्डो अनुपस्थित हुँदा पोर्चुगलको खेल परिवर्तन हुँदैन : फर्नान्डेस

Neuro Revised Adv
Koshi Dashain ad
रोनाल्डो अनुपस्थित हुँदा पोर्चुगलको खेल परिवर्तन हुँदैन : फर्नान्डेस

विराटनगर, ३० असोज । पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले आफ्ना कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित हुँदा पनि पोर्चुगलको खेल परिवर्तन नहुने बताएका छन् । बुधबार राति स्वीडेनविरुद्धको खेलमा जित निकालेपछि पत्रकारसँग कुरा गर्दै उनले रोनाल्डोविनाको पोर्चुगलको खेल परिवर्तन नहुने बताए ।

यूईएफए नेशन्स लिगको समूह चरणको खेलअन्तर्गत पोर्चुगलले स्वीडेनलाई ३–० गोलले हराएको हो । पोर्चुगलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन डिएगो जोटाले दुई गोल गर्दा बर्नान्डो सिल्भाले एक गोल गरे ।

सो खेलमा कोरोना संक्रमणका कारण रोनाल्डो उपस्थित थिएनन् । स्वीडेनसँगको खेलको तयारीका क्रममा नै रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनी होम आइसोलेशमा रहेका छन् ।

‘हामीले रोनाल्डोको अनुपस्थितिमा पनि खासै फरकपन पाएनौं । तर पक्कै पनि विश्वकै उत्कृष्ट खेलाडी रोनाल्डो टोलीमा रहँदा जित्न सहज हुन्छ । टोलीमा रोनाल्डोको मूल्य महान छ ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ