Rumpum Advertisement

झापाको सीमामा सशस्त्रका ११ वटा बिओपी, अरु सात थपिँदै

Neuro Revised Adv
Koshi Dashain ad
झापाको सीमामा सशस्त्रका ११ वटा बिओपी, अरु सात थपिँदै

झापाफ ३० असाेज । झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट(बिओपी)स्थापना गरेको जनाएको छ । भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको सीमामा सशस्त्रका ११ वटा बिओपी स्थापना भएकाे छ ।

मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताए ।

झापामा अरु सात वटा बिओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागूऔषधको कारोवार, तस्करीलगायत अपराध रोक्न सीमाका बिओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिए ।

झापामा १४४.२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ ।

सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बिओपी स्थापना भइरहेका छन् । बिओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन् ।

सशस्त्र प्रहरीको बिओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोग गरिने मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् ।

भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीनवटा बिओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बिओपीको लक्ष्य भएको बताए । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ