Rumpum Advertisement

कोरोनाको असर सानो अर्थतन्त्र भएको मुलुक र किसानमा झन् बढी : प्रधानमन्त्री ओली

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाको असर सानो अर्थतन्त्र भएको मुलुक र किसानमा झन् बढी : प्रधानमन्त्री ओली

विराटनगर, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको असर सानो अर्थतन्त्र भएको मुलुक र किसानमा झन् बढी भएको बताएका छन् । शुक्रबार ४०औं विश्व खाद्य दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुक र यहाँका सीमान्तकृत किसानमा कोरोनाको असर झन् बढी भएको बताए ।

‘यतिबेला हामी कोभिड–१९ को विश्वब्यापी महामारीका कारण जनताको स्वास्थ्य तथा राष्ट्रको सामाजिक तथा आर्थिक जीवनमा विषम परिस्थितिको सामना गरिरहेका छौँ । हामी मात्र होइन सम्पूर्ण विश्व कोभिड १९ महामारीबाट आक्रान्त छ । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको मुलुक तथा यहाँका सीमान्तकृत किसान समुदायमा कोरोना महामारी झन् ठूलो नकारात्मक प्रभाव पारेको छ । यस महामारीका नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्वद्ध निकायलाई म आह्वान गर्दछु,’ ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । त्यसका लागि हामीले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा संवैधानिक ब्यवस्था गरेका छौं । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी गरी हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारको रूपमा स्थापित गरिएको छ । हामीले यसलाई कानूनी अधिकारको परिभाषिकरणमा मात्र सीमित गर्ने परम्परालाई तोडेर नेपालमा गरिवीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने ब्यावहारिक अभ्यास अघि बढाइरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘राज्यले लोक कल्याणकारी दायित्व निर्वाह गर्ने यस्ता प्रयास अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व हो । जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजीभन्दा सहयोगात्मक अभियान अघि बढ्नु पर्दछ भन्ने म ठान्दछु’, विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो दीगो विकास लक्ष्यमा ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने तथा दीगो कृषि प्रणालीको प्रवर्द्धन गर्ने’ उल्लेख गरिएको छ । यसबाट निर्देशित रही कृषि विकास रणनीति, शून्य भोकमरी चुनौती एवं बहुक्षेत्रीय पोषण योजना दोस्रो लगायत क्षेत्रगत नीति र योजनाले खाद्य तथा पोषण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र कार्यनीतिको प्रभावकारी कार्यान्वयन हुँदै आएको छ ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ