Rumpum Advertisement

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका ३० कर्मचारीमा कोरोना, कार्यालयको सेवा बन्द

Neuro Revised Adv
Koshi Dashain ad
विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका ३० कर्मचारीमा कोरोना, कार्यालयको सेवा बन्द

विराटनगर, ३० असोज । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा कार्यरत ३० कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको सेवा बन्द भएको छ । ३० कर्मचारीमा कोरोना देखिएपछि शुक्रबारबाट अनिश्चितकालका लागि सेवा बन्द गरेको हो ।

बुधबार र बिहीबार पीसीआरका लागि स्वाब संकलन गराएका ५० कर्मचारी मध्ये ३० जनामा कोरोना संक्रमण देखिएको थियो । लकडाउन तथा निषेधाज्ञा खुलेयता विद्युत वितरण केन्द्रमा सेवाग्राहीको भिड बढेको थियो ।

केही कर्मचारीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि पीसीआर गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ