Rumpum Advertisement

विराटनगरका कोरोना संक्रमित वृद्धको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरका कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर, ३० असोज । विराटनगर महानगरपालिका–३ बुद्धचोकका कोरोना संक्रमित वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको छ ।

अस्पताल प्रबन्ध नारायण दाहालले ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको जानकारी दिए । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो ।

श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ । मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानै समस्या रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ