Rumpum Advertisement

भारतले दिएन नेपाली पक्राउको जानकारी

Neuro Ad
Koshi Dashain ad
भारतले दिएन नेपाली पक्राउको जानकारी

विराटनगर, ३० असोज । भारतको दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ ९असोज ३० मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो ।

ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो ।

उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।

उनीमाथि चिनियाँ जासुसहरूलाई गोप्य सूचना पुर्‍याएको आरोप लगाएको थियो । शर्मालाई चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई समाचार पठाउने नाममा सीमा सुरक्षासम्बन्धी संवेदनशील जानकारी दिएको आरोप लगाइएको छ । पछि अदालतको अनुमति लिएर उनलाई थप अनुसन्धानका लागि भन्दै तिहाड जेलमा राखिएको छ ।

तर भारत सरकारले त्यसको औपचारिक जानकारी दिल्लीस्थित दूतावासलाई दिएको छैन । कूटनीतिक मामिलासम्बन्धी भियना अभिसन्धिअनुसार विदेशी नागरिकलाई कुनै अपराधमा पक्राउ गरिएको छ भने त्यसको जानकारी तत्काल सम्बन्धित मुलुकको दूतावास वा नियोगलाई गराउनुपर्छ । भारत र नेपाल त्यसका पक्ष राष्ट्र हुन् ।

भारतको गृह मन्त्रालयले एक वर्षअघि जारी गरेको परिपत्रमा पनि कुनै विदेशी नागरिकलाई हिरासतमा लिनासाथ तत्कालै सम्बन्धित मुलुकको दूतावासको कन्सुलरलाई जानकारी दिनुपर्ने उल्लेख छ । ‘प्रहरीले सार्वजनिक रूपमा नेपाली नागरिकलाई पक्राउ गरेको बताए पनि दूतावासलाई औपचारिक जानकारी आएको छैन,’ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ