Rumpum Advertisement

सिकाइमा अनलाइन प्रभावकारी बनाउनु पर्नेमा जोड

Neuro Revised Adv
Koshi Dashain ad
सिकाइमा अनलाइन प्रभावकारी बनाउनु पर्नेमा जोड

विराटनगर, ३० असोज । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ ।

वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ । अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउँछन् । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

न्यूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल्याइएको छ । सरकारले पनि अनलाइन माध्यमबाट हुने पठनपाठनलाई जोड दिने नीति बनाएको छ ।

हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने भनी घोषणा गरिएको छ । यस क्रममा इन्टरनेट सेवाको पहुँच नपुगेका विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने कार्ययोजना तयार गरी लागू गर्ने र असोजबाट यसलाई निरन्तर सञ्चालन गरिने उल्लेख छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ