Rumpum Advertisement

सचिवको व्यापक सरुवा

Neuro Revised Adv
Koshi Dashain ad
सचिवको व्यापक सरुवा

विराटनगर, ३० असोज । मन्त्री परिषद् हेरफेरपछि बिहीबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सचिवको व्यापक सरुवा गरेको छ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यादवप्रसाद कोइरालालाई ल्याएको छ। सामान्यबाट सरुवा भएर स्वास्थ्य मन्त्रालयमा गएपछि विवादमा तानिएका सचिव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा तानिएको थियो। सचिव कोइराला ओम्नीमार्फत स्वास्थ्य सामग्री खरिदमा मुछिएका छन् ।

त्यस्तै संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ।

मन्त्रिपरिषदका नयाँ सदस्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ थपिएका छन्। तीनै मन्त्रीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ