Rumpum Advertisement

गेलको आगमनमा बैंग्लोरमाथि पञ्जाबको जित

Neuro Revised Adv
Koshi Dashain ad
गेलको आगमनमा बैंग्लोरमाथि पञ्जाबको जित

विराटनगर, ३० असोज । यूएईमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स एलेभेन पञ्जाबले दोस्रो जित निकालेको छ । बिहीबार राति आफ्नो आठौं खेल खेलेको पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ८ विकेटको जित निकालेको हो ।

शारजाह रंगशालामा बैंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

पञ्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । ४९ बलमा ५ छक्का र एक चौकाको मद्धतले राहुलले अजिवित ६१ रन जोडे ।

यसै खेलबाट मैदान फर्किएका गेलले ४५ बलमा ५ छक्का र १ चौकाको सहायतामा ५३ रन बनाए । मयंक अग्रवालले ४५ रन जोड्दा निकोलास पूरनले अजिवित ६ रन जोडे ।

बैंग्लोरका युज्भेन्द्र चाहलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन बनाए । यस्तै क्रिस मोरिसले अजिवित २५ जोड्दा शिवम दुवेले २३ रन बनाए ।

आरोन फिन्चले २० रन जोड्दा देवदत्त पाडिक्कलले १८ रन तथा वासिंगटन सुन्दरले १३ रन बनाए । यस्तै इसुरु उदानाले अजिवित १० रन बनाए ।

पञ्जाबका मोहम्मद सामी र मुरुगान आश्विनले समान २–२ विकेट लिँदा अर्शदीप सिंह र क्रिस जोर्डानले १–१ विकेट लिए ।

जितसँगै पञ्जाबले ८ खेलबाट ४ अंक जोडेको छ । ऊ अंक तालिकाको पुछारमा छ । बैंग्लोर भने १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ