Rumpum Advertisement

आईपीएल : बैंग्लोरद्वारा पञ्जाबलाई १ सय ७२ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
आईपीएल : बैंग्लोरद्वारा पञ्जाबलाई १ सय ७२ रनको लक्ष्य

विराटनगर, २९ असोज । यूएईमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स एलेभेन पञ्जाबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

बिहीबार शारजाह रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १७१ रन बनायो ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन बनाए । यस्तै क्रिस मोरिसले अजिवित २५ जोड्दा शिवम दुवेले २३ रन बनाए ।

आरोन फिन्चले २० रन जोड्दा देवदत्त पाडिक्कलले १८ रन तथा वासिंगटन सुन्दरले १३ रन बनाए । यस्तै इसुरु उदानाले अजिवित १० रन बनाए ।

पञ्जाबका मोहम्मद सामी र मुरुगान आश्विनले समान २–२ विकेट लिँदा अर्शदीप सिंह र क्रिस जोर्डानले १–१ विकेट लिए ।