Rumpum Advertisement

मोरङमा कोरोना संक्रमितको संख्या छ हजार नजिक, ५० जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा कोरोना संक्रमितको संख्या छ हजार नजिक, ५० जनाको मृत्यु

विराटनगर, २९ असोज । मोरङमा कोरोना भाइरस संक्रमितको संख्या छ हजार नजिक पुगेको छ । बिहीबार ३२६ जनामा संक्रमण पुष्टि भएसँगै मोरङमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७१ पुगेको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये २१ सय ६८ महिला र ३८ सय ३ पुरुष रहेका छन् । आज २ जनाको मृत्यु भएसँगै मोरङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । मृत्यु हुनेमा १३ महिला र ३७ पुरुष रहेका छन् ।

मोरङमा संक्रिय संक्रमितको संख्या ३३ सय ६७ रहेको छ । जसमध्ये १२ सय ५३ महिला र २१ सय १४ जना पुरुष छन् । प्रदेश १ बाट २५ सय ५४ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भइसकेका छन् ।

प्रदेश १ मा भने कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । बिहीबार ६५४ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको हो ।

प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका हुन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ