Rumpum Advertisement

जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

Neuro Revised Adv
Koshi Dashain ad
जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

विराटनगर, २९ असोज । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ । ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । जेष्ठनागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ ।

मन्त्रालयका अनुसार १० विगाहा १४ कठ्ठामा निर्माण गरिने जेष्ठ नागरिक ग्रामको डिपीआरलगायतका काम सम्पन्न भइसकेको छ । भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरी मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

परियोजना सुरु भएपछिको वातावरण सहज बनाउन उनले आग्रह गरे । ‘परियोजना निर्माण सुरु भएपछि अवरोध भए निर्माणले गतिलिन सक्दैन ।’ जेष्ठनागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रूपमा विकास गरिने उनले बताए ।

छलफल कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझीलगायतले परियोजना कार्यन्वयनमा जोड दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ