Rumpum Advertisement

नवनियुक्त अर्थमन्त्री पौडेलले भने : कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्नु छ

Neuro Revised Adv
Koshi Dashain ad
नवनियुक्त अर्थमन्त्री पौडेलले भने : कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्नु छ

काठमाडौँ, २९ असाेज । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले कोरोनाबाट प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्नु नै आफ्नो महत्वपूर्ण कार्यभार हुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्ताे बताएका हुन् ।

विश्व अर्थतन्त्र नै प्रभावित भएको कोरोनाको असहज परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न कुनै कसर बाँकी नराखी निष्ठाका साथ कार्य गर्न पनि अर्थमन्त्री पाैडेलले निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले नागरिकको जीवनको सुरक्षा र आर्थिक गतिविधिलाई सँगै अघि बढाउनुपर्ने बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयनबाट पुँजीगत खर्च वृद्धि गरी राजश्वको लक्ष्य पूरा गर्न रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

अर्थमन्त्री पौडेलले आर्थिक सुशासन, वित्तीय अनुशासन र सदाचार जस्ता विषयमा कुनै सम्झौता नहुने प्रष्ट गरे । अन्तर्राष्ट्रिय आर्थिक सहायता वृद्धि गरी, अन्तर्निकाय समन्वयलाई प्रभावकारी बनाउन सकेमा सरकारको नीति तथा कार्यक्रम र बजेटको लक्ष्य हासिल गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियान पूरा गर्नसकिने मन्त्री पौडेलले उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोवल माथि उकास्न कर्जाको सहजताका साथै आवश्यक नीतिगत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र वोर्डजस्ता नियामक निकायलाई थप प्रभावकारी बनाइने मन्त्री पौडेलले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ