Rumpum Advertisement

एन्फा पहिलोपल्ट एएफसीको मूल्यांकनमा

Neuro Revised Adv
Koshi Dashain ad
एन्फा पहिलोपल्ट एएफसीको मूल्यांकनमा

काठमाडौँ, २९ असाेज । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको ग्रासरुट फुटबल कार्यक्रम एसियन फुटबल संघ (एएफसी) को मूल्यांकनमा पहिलो पटक परेको छ ।

एशियन फुटबल संघको मूल्यांकनमा अखिल नेपाल फुटबल संघ पहिलो पटक परेको छ ।

पछिल्लो २ वर्षमा नेपाली फुटबलको ग्रासरुट कार्यक्रमले हात पारेको सफलतालाई हेरेर एएफसीले ब्राउन्ज स्तरको मूल्यांकनमा राखेको हो ।

एएफसीले गोल्ड, सिल्भर र ब्राउन्ज गरी ग्रासरुट कार्यक्रमलाई मूल्यांकन गर्ने गरेको छ । जसमा नेपाल पहिलो पटक मूल्यांकनमा परेको हो ।

एन्फाले ६ वर्षदेखि १२ वर्ष उमेर समुहका बालबालिकालाई यो कार्यक्रममा सहभागी गराउने गरेको छ ।

काठमाडौं लगायत देशका ४५ वटा सदस्य जिल्लामा एन्फाले ग्रासरुट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एन्फाले बालबालिकाहरुलाई खेलकुदमा आर्कषण बढाउने उदेश्यसहित यो कार्यक्रम २०१८ बाट सुरु गरेको हो ।