Rumpum Advertisement

बीपीको कोभिड अस्पताललाई चुस्त–दुरुस्त राख्न मन्त्री घिमिरेको निर्देशन

Neuro Revised Adv
Koshi Dashain ad
बीपीको कोभिड अस्पताललाई चुस्त–दुरुस्त राख्न मन्त्री घिमिरेको निर्देशन

विराटनगर, २९ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको निरीक्षण तथा अनुगमन गरेका छन् ।

मन्त्री घिमिरेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा प्रवाह गरेको सेवा, चिकित्सकको उपस्थिति र व्यवस्थापन लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरेका हुन् ।

कोभिड १९ अस्पताल सञ्चालन भएको ४ महिनामानै उपकरणहरू बिग्रिनुको कारण र कोरोनाका गम्भीर प्रकारका बिरामीहरुले कोभिड अस्पतालमा उपचार नपाउनुको कारणबारे मन्त्री घिमिरेले जानकारी लिएका छन् ।

निरीक्षणपछि मन्त्री घिमिरेले अस्पताललाई चुस्त–दुरुस्त राख्न पदाधिकारीलाई निर्देशन दिए ।
उनले प्रतिष्ठानका कमजोरीहरू तत्काल सुधार गर्न पदाधिकारीलाई निर्देशन दिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले प्रतिष्ठानको कोभिड १९ अस्पताल संचालन भएको ४ महिनामानै कसरी भेन्टिलेटर बिग्रियो भनेर प्रतिष्ठानका पदाधिकारीहरूलाई प्रश्न गरे ।

प्रतिष्ठानको कोभिड अस्पताल जहाँ धरानको मात्रै होइन प्रदेश र प्रदेशबाहिरका गम्भीर प्रकृतिका बिरामीले उपचार पाउनुपर्नेमा पछिल्लो समय उपचार नपाइरहेको गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रतिष्ठानको बेतिथिको बारेमा प्रश्न उठाए ।