Rumpum Advertisement

धरान एन्फा क्वारेन्टाइनलाई ५५ बेडको आइसोलेशन बनाइने

Neuro Revised Adv
Koshi Dashain ad
धरान एन्फा क्वारेन्टाइनलाई ५५ बेडको आइसोलेशन बनाइने

धरान, २९ असोज । धरानको एन्फा क्वारेन्टाइनलाई ५५ बेडको आइसोलेशन बनाइने भएको छ । धरान १७ मा रहेको एन्फा क्वारेन्टाइन शुक्रबारबाट सञ्चालनमा आउनेगरी ५५ बेड मध्येमा २० देखि २५ वटा अक्सिजन सिलिन्डरसहितको बेड तयारी गर्न लागिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बेड अभाव भइरहेको अवस्थामा लक्षण सहितका कोरोना संक्रमितहरूलाई राख्नका लागि आइसोलेसन अहिले तयारी भइरहेको धरान–१७ का वडाध्यक्ष तथा एन्फा क्वारेनटाइन व्यवस्थापन समितिका संयोजक मनोज भट्टराईले बताए ।

नेपाल सरकारले क्वारेन्टाइनलाई आइसोलेशन बनाउनुपर्ने भनिरहेको बेला धरानमा पनि कोरोना संक्रमितहरू लक्षण देखिएका सामान्य बिरामीलाई राख्नका लागि आइसोलेशन बनाउन लागिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

गम्भीर प्रकृतिका बिरामीलाई मात्रै अस्पतालमा रेफर गर्ने गरी आइसोलेसन तयार भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ