Rumpum Advertisement

सान्चो र हालाण्ड युरोपियन गोल्डेन ब्वाई अवार्डको मनोनयनमा

Neuro Revised Adv
Koshi Dashain ad
सान्चो र हालाण्ड युरोपियन गोल्डेन ब्वाई अवार्डको मनोनयनमा

विराटनगर, २९ असोज । युरोपियन गोल्डेन ब्वाई आवार्डको मनोनयन सार्वजनिक भएको छ । २१ वर्षमुनिका खेलाडीलाई दिइने उक्त अवार्डको मनोनयन बिहीबार सार्वजनिक भएको हो ।

आगामी डिसेम्बर १४ मा घोषणा हुने गोल्डेन ब्वाई अवार्ड २०२० को अन्तिम मनोनयनमा २० युवा खेलाडी समेटिएका छन् । इटालियन मिडिया ‘टुट्टोस्पोर्ट्स’ले प्रदान गर्ने उक्त अवार्डको मनोनयनमा बीस उत्कृष्ट युवा खेलाडी समावेश छन् ।

अघिल्लो संस्करणका विजेता भने एथ्लेटिको मड्रिडका जाओ फेलिक्स हुन् । लियोनल मेस्सी, पल पोग्बा, किलियन एम्बाप्पे, माथिस डी लिग्टलगायतले यो अवार्ड जितिसकेका छन् ।

यस पटकको अवार्डका लागि बोरुसिया डर्टमुण्डका स्टाद्वय इयर्लिङ ब्राउल्ट हालाण्ड र जाओ फेलिक्स समावेश छन् ।

यसैगरी पीएसजीका मिचेल बकर, रेन्नेसका इडुआर्डो कामाभिंगा, लिलेका जोनाथन डेभिड, बायर्न म्युनिखका अल्फेन्सो डेभिस, बार्सिलोनाका अन्सु फाती र सर्जिनो डेस्ट, वुल्भसका फाबियो सिल्भा, म्यानचेस्टर सिटीका फिल फोडेन र फेरान टोरेस रहेका छन् ।

यस्तै आयाक्सका रियान ग्राभेनबर्च, म्यानचेस्टर युनाइटेडका मासोन ग्रीनवूड, चेल्सीका कालुम होड्सन–ओडोयी, युभेन्टसका डेजान कुलुभेस्की, रियल मड्रिडका रोड्रिगो र भिनिसियस जुनियर, आर्सनलका बुकायो साका, साल्जबर्गका डोमिनिक सोबोलाई र मिलानका सान्द्रो टोनाली रहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ