Rumpum Advertisement

सिरहाका संक्रमितको विराटनगरमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
सिरहाका संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर, २९ असोज । सिरहाको लाहान–६ का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा बिहीबार दिउँसो विराटनगरमा मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको दिउँसो १ बजेतिर मृत्यु भएको हो ।

अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा समस्या रहेका पुरुषलाई असोज २५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि नोबेलकै कोभिड अस्पतालमा भर्ना गरियो । संक्रमित पुरुषको उपचार हुँदाहुँदै ज्यान गएको दाहालले बताए ।

मृतकमा फोक्सोसम्बन्धी पुरानै समस्या रहेको जानकारी उनले दिए । योसँगै प्रदेश १ मा पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।