Rumpum Advertisement

विराटनगरमा चार हजार नाघे संक्रमित, एकै दिन थपिए २२५

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा चार हजार नाघे संक्रमित, एकै दिन थपिए २२५

विराटनगर, २९ असोज । विराटनगरमा एकै दिन २२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार एक सय महिला र १२५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या दैनिक संक्रमणको संख्यामा हालसम्मकै उच्च हो ।

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । महानगरपालिकामा ४ हजार २६ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ३० जनाको मृत्यु भएको छ ।

बिहीबार प्रदेश १ मा ६५४ जना कोरोना संक्रमित थपिएका छन् । एकै पटक ६५४ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको हो ।

संक्रमितमध्ये १२१ जनाको मृत्यु भएको छ । ५ हजार ३३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ