Rumpum Advertisement

सर्वोच्चले भन्यो : कोरोना संक्रमितलाई पनि परीक्षा दिने व्यवस्था गर्नू

Neuro Revised Adv
Koshi Dashain ad
सर्वोच्चले भन्यो : कोरोना संक्रमितलाई पनि परीक्षा दिने व्यवस्था गर्नू

काठमाडौँ, २९ असोज । सर्वोच्च अदालतले कोरोना संक्रमितहरूलाई लोक सेवा आयोगको परीक्षामा दिनबाट वञ्चित नगर्न आदेश दिएको छ ।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरू परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परीक्षार्थीलाई सुरक्षित रूपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन आदेश दिएको छ ।

साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ